जुम्लामा पनि क्वारेन्टाइनमा एक जनाको मृत्यु

पछिल्ला केही दिन यता नेपालमा क्वारेन्टाइनमा रहेकाहरुको निधन हुने क्रम बढ्दो छ । अब जुम्लामा पनि एक जनाले क्वारेन्टाइनमा नै ज्यान गुमाएका छन् ।

जुम्लाको चन्दननाथ नगरपालिका ८ मा रहेको क्वारेन्टाइनमा ६५ वर्षीय व्यक्तिको निधन भएको हो । 

उनको कोरोनाभाइरस परीक्षण गरिएको छैन । उनी २१ गते बाहिरबाट जुम्लामा पुगेका थिए । त्यसपछि उनलाई क्वारेन्टाइनमा राखिएको थियो । यसबारे प्रहरीले अब अनुसन्धान गर्ने भएको छ । उनी दमका रोगी रहेको बताइएको छ ।





  • प्रकाशित मिति : जेठ २३, २०७७ शुक्रबार ८:४७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया