बजेट नेकपाको चुनावी घोषणाविपरीतः भीम रावल

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले आगामी आर्थिक वर्षको बजेट नेकपाको चुनावी घोषणा विपरीत रहेको बताएका छन् । नेता रावलले बजेटका कतिपय विषय समाजवादउन्मुख राज्यको अवधारणाविपरीत रहेको बताएका हुन् ।  

आइतबार प्रतिनिधिसभामा विभिन्न मन्त्रालयमाथि विनियोजित बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘यो बजेट नेपालको संविधानको समाजवादउन्मुख नीति र त्यसमा लोककल्याणकारी राज्यका सिद्धान्तहरु, स्वयं यो सरकारको नेतृत्व गरिरहेको नेकपाको चुनावी घोषणापत्रमा आधारित भएर अगाडि बढ्नेछ भन्ने आफूले कतै पढेको तर त्यो नीतिको विपरीत पाएको उनले बताए । 

बजेट कार्यान्वयनमा समाजवाद उन्मुख राज्य र नेकपाको घोषणापत्रसँग मेल नखाने विषयमा ध्यान दिन नेता रावलले सुझाब दिए ।





  • प्रकाशित मिति : जेठ २५, २०७७ आइतबार १६:४३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया