पहिरोमा पुरिएर दुईजनाको घटनास्थलमै मृत्यु


म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानी कोटगाउँमा पहिरोले पुरीँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मंगलबार राती ११ बजे सुतिरहेको अवस्थामा एक्कासि पहिरो आउँदा दलप्रसाद शेपुञ्जाको श्रीमती ५० वर्षिया हमायाँ शेरपुञ्जा र रोशनी शेरपुञ्जाकी ४ वर्षिया छोरी सिम्रन छन्त्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ध्रुब शर्माले बताए ।
रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीका अनुसार सडक निर्माण गर्दा फालिएको माटोले नै पहिरोको रुप लिएर घर पुरेको हो । ‘केही समय पहिला त्यस क्षेत्रको बस्तीका मानिसहरुलाई अन्यत्र स्तान्तरण गरिएको भए पनि उनीहरु हिजो बेलुका घर पुगेर सुतेका कारण यस्तो घटना भएछ’– अध्यक्ष भण्डारीले भने । मृतकहरु हजुआमा र नातिनी हुन् ।
ढुंगा माटोले बनेको कच्ची घरमा सुतिरहेको अवस्थामा रातीको वर्षा सँगै आएको पहिरोमा परि मृत्यु भएको प्रहरी निरीक्षक शर्माले बताए । पहिरो गएको जानकारी प्राप्त हुनासाथ घटानस्थलमा राती १ बजे नै प्रहरी चौकी पाखापानीका प्रहरी सहायक निरीक्षक ढकबहादुर हमालको टोली उद्धारका लागि खटिएको थियो । घटनास्थल पुग्दा प्रहरीले दुवै जनाको सब फेला पारेको थियो । घटनास्थल सदरमुकाम बेनीबाट २८ किलोमिटरको दुरीमा पर्छ ।





  • प्रकाशित मिति : जेठ २८, २०७७ बुधबार १०:३१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया