थप २७९ जनामा कोरोना पुष्टि, कुल संख्या ४ हजार ३ सय ६४ पुग्यो

काठमाडौं– नेपालमा बितेको २४ घण्टामा २७९ कोरोनाभाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएको हो । थपिएका संक्रमितमा २५७ जना पुरुष र २२ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । 

मन्त्रालयले हालसम्म हालसम्म कोरोनाबाट १५ जनाको मृत्यु भएको जनाएको छ । त्यस्तै, कोरानो निको भएर ६ सय ७४ जना घर फर्केका छन् । जसमा ५९५ पुरुष र ७९ जना महिला रहेका छन् । 





  • प्रकाशित मिति : जेठ २८, २०७७ बुधबार १६:३१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया