\
न्युजिल्यान्डमा २० दिन यता कोरोनाभाइरस संक्रमित भेटिएका छैनन् । न्युजिल्यान्डमा केही दिनअघि मात्र कोरोनाभाइरस संक्रमित नरहेको पत्ता लागेपछि लगाइएका सबै प्रतिबन्ध तथा लकडाउनहरु खोलिएको छ ।
अहिले त्यहाँ लकडाउन खुल्ने चरणको नम्बर एकमा पुगिएको छ । यसले त्यहाँका सबै स्कुल तथा काम गर्ने ठाउँहरु खुलेका छन् । विवाह, सार्वजनिक यातायातहरु पनि खुलेको छ । सामाजिक दूरी अब त्यहाँ आवश्यक छैन तर यसलाई पालना गर्न प्रोत्साहन चाहिँ गरिएको छ ।
सोमबार अन्तिम एक संक्रमित ठिक भएपछि न्युजिल्यान्डमा अब कोरोना संक्रमित कोही पनि छैनन् ।
न्युजिल्यान्डामा ११५४ जनामा संक्रमण देखिएको थियो । त्यहाँ कोभिड १९ का कारण अहिलेसम्म २२ जनाको मृत्यु भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।