थप २५० जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको ४ हजार ६ सय १४

काठमाडौं– नेपालमा थप २५० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ४ हजार ६१४ पुगेको छ ।

बितेको २४ घण्टामा थप २५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । बिहीबारको नियमित पत्रकार सम्मेलनमा उनले यसबारे जानकारी गराएका हुन् । 

नयाँ संक्रमितमा पुरुष २३० पुरुष र २० जना महिला रहेको उनले बताए । बितेको २४ घण्टामा १८७ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । जसमा  ८ महिला र १७९ पुरुष रहेका छन् । 

नेपालमा हालसम्म कोरोनाबाट १५ जनाको मृत्यु भएको छ ।  





  • प्रकाशित मिति : जेठ २९, २०७७ बिहीबार १७:१८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया