नेपालमा कोरोना संक्रमित पाँच हजार नाघे, शुक्रबार मात्रै ४४८ थपिए

काठमाडौ– शुक्रबार नेपालमा ४४८ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना भाइरसको संक्रमित संख्या ५ हजार ६२ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार ४४८ संक्रमित थपिएको जानकारी गराएका हुन् ।

गौतमका अनुसार थपिएका संक्रमितमध्ये ४ सय २४ पुरुष र २४ महिला छन् । यो संख्या अहिलेसम्मकै बढी हो । 

नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।





  • प्रकाशित मिति : जेठ ३०, २०७७ शुक्रबार १६:४३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया