पृथ्वीनारायण शाह सम्झिएर उपेन्द्र यादवको सम्बोधन, राष्ट्रघाती बाहिर आउनु पर्ने माग
फरकधार / ३१ जेठ, २०७७
यो सामग्री सेयर गर्नुहोस्

संसदमा नेपालको संविधान संशोधन विषयमा भइरहेको दफावार छलफलमा जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले पृथ्वीनारायण शाहलाई सम्झिएका छन् । 



उनले शाहले त्यति बेला नै नेपाल दुई ढुंगाबीचको तरुल भएको बताएको र अहिले यो विषय प्रष्ट भएको बताएका हुन् । 



उनले सम्बोधनमा महाकाली सन्धी गर्दा संलग्न नेताहरुले अहिले माफी माग्नु पर्ने पनि बताएका छन् । 



उनले आफ्नो पार्टी कार्यालयमा पनि सत्तारुढ दलका कार्यकर्ता पुगेर कार्यालयमा अराजक गतिविधि गरेको आरोप लगाएका छन् । ‘आफूले राष्ट्रघात गरेको भन्नुपर्यो नि,’ उनले भने, ‘पहिले आफूले राष्ट्रघात गर्ने अनि मधेशीलाई दोष लगाउने ?’ 







  • प्रकाशित मिति : जेठ ३१, २०७७ शनिबार १४:४५:१५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया