धादिङमा आरडिटी नेगेटिभ आएका २३ जनामा पिसिआर टेस्ट गर्दा कोरोना पुष्टि

काठमाडौं– भारतबाट आएका धादिङका २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

नीलकण्ठ नगरपालिकाले उनीहरुलाई १४ दिन क्वारेन्टिनमा राखेर आरडिटी गरेर घर पठाइएको थियो । उनीहरुको स्वाब संकलन गरेर पिसिआर टेस्ट गर्दा २३ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ  । 

यसरी संक्रमण पुष्टि हुनेमा वडा नं ७ र १४ धुवाँकोटका ७–७ जना, वडा नं १ का ६ जना र वडा नं ४ का एकजना छन् ।

नगरपालिकाले संक्रमित परिवारका सबै सदस्यको पिसिआर टेस्ट गर्ने जनाएको छ । 





  • प्रकाशित मिति : जेठ ३२, २०७७ आइतबार १९:१२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया