थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, कुल संक्रमित ६५९१ पुगे

काठमाडौं– मंगलबार नेपालमा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५९१ पुगेको छ । 
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार सोमबार नेपालको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३८० जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा देशभरका अस्पतालबाट ११७ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । जसमध्ये ८ महिला र १०९ पुरुष रहेका छन् ।

हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ११५८ जना पुगेको छ । हालसम्म कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ ।





  • प्रकाशित मिति : असार २, २०७७ मंगलबार १७:५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया