एमसिसी आउँदैमा  अमेरिकी सेना आउँदैन ः कार्की


नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी आउँदैमा अमेरिकी सेना नआउने बताए ।
‘यो सम्झौता भएपछि यहाँ अमेरिकी सेना आउँछ भन्ने कुरा उठेको छ । म प्रश्न गर्न चाहान्छु,’ बिहिबार प्रतिनिधिसभामा बोल्दै उनले भने,  
‘यो सम्झौताको कुन भागमा, कुन दफामा इन्डोप्यासिफिक र सैन्य गतिबिधिसम्बन्धी कुरा उल्लेख छ ? यो सम्झौता २०१७ सेप्टेम्बर १४ मा भएको हो र इन्डोप्यासिफिकको कन्सेप्ट २०१७ नोभेम्बर ४ मा आएको हो । हाम्रो जस्तो देशले जो हामी पञ्चशिलमा विश्वास गर्छौँ हामीले कुनै सैन्य गठबन्धनमा जाने कल्पना पनि गर्न सक्दैनौँ । तर समाजलाई तरङ्गीत गर्नका निम्ति अमेरिकाको सेना आउने भन्ने कुरा भ्रम सिजना गरिएको छ ।’ 
एमसिसि पारित हुँदा सेना आउँछ भनेर हल्ला फैलाइएको भन्दै उनले समाजलाई तरङ्गित पार्न भ्रम सिर्जना गरिएको बताए । 
तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा अर्थमन्त्रीको रुपमा कार्कीले नै एमसीसी कार्यन्वयन गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए ।





  • प्रकाशित मिति : असार ४, २०७७ बिहीबार १५:१३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया