काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम : व्यवसायीलाई सहुलियतदेखि सम्पदा संरक्षणमा जोड


 काठमाडौं महानगरपालिकाले ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वका  सम्पदा तथा रीतिरिवाज, भाषा, लिपी, संस्कृतिलगायतको संरक्षण तथा सम्बद्र्धन गर्ने नीति लिएको छ ।
बिहीबार काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ कालागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सम्पदा संरक्षणमा जोड दिएको हो । 
 राष्ट्रियसभा गृहमा आयोेजित कर्यक्रममा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले आगामी आर्थिक वर्षका लागि दुई सय ५९ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
 महानगरले कोभिड–१९ बाट प्रभावित भएको अवस्थालाई मध्यनजर गर्दै जनस्वास्थ्य सेवा सुधार, विद्यालय शिक्षा सुधार, खाद्य सुरक्षा, उद्यमशीलता तथा रोजगारी प्रबद्र्धन, आवागमन ब्यबस्थापनलगायतमा केन्द्रित भएर आगामी आवको नीति सार्वजनिक गरेको हो । 
काठमाडौं महानगरको इतिहास, संस्कृति, मौलिक परम्परा समेटी तस्बीर, चित्रकथा, श्रव्यदृश्य सामाग्री निर्माण गर्ने र विभिन्न स्थानहरुमा कलात्मक मूर्ति प्रतिस्थापन तथा भित्ते चित्र राखिनेसमेत निति तथा कार्यक्रममा उल्लेख छ ।
काठमाडौंमा रहेका बागमती, विष्णुमती, धोबीखोला, सामाखुशी, इच्छुमती, मनोहरालगायत नदीनालालाई अतिक्रमण मुक्त गरी सफा र सुन्दर बनाउने महानगरको तयारी छ ।
त्यसैगरी, महानगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानमा नेपाली बस्तुहरुको बजार कोसेली घर वा यस्तै प्रकृतिका अन्य बजार विस्तार गर्ने नीति महानगरको छ । 
महानगरपालिकाभित्रका ७५ र ८० वर्ष उमेर पुगेका महिला र पुरुष ज्येष्ठ नागरिकलाई वार्षिक रूपमा दिने रु. १२ हजार महानगर विशेष भत्तालाई  निरन्तरता दिने बताइएको छ ।
 प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत सूचीकृत बेरोजगारहरुलाई नगरको विकासमा आवश्यकताअनुसार परिचालन मेयर रिसर्च फेलोसिप कार्यक्रमअन्तर्गत विभिन्न विश्वविद्यालय, कलेज, अध्ययन संस्थान आदिसँग सहकार्य गरी कार्यविधिको आधारमा विद्यार्थीहरुलाई इन्टर्नसीप÷फेलोसीप प्रदान गर्ने नीति महानगरले बताएको छ । 
महानगरपालिकाले महानगर क्षेत्रभित्रका सरकारी, सार्वजनिक तथा पर्ति जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाई सार्वजनिक जग्गा संरक्षण गर्ने कार्यलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्ने नीतिसमेत लिएको छ ।


महानगरले नीति तथा कार्यक्रममा  वातावरण तथा फोहोरमैला व्यवस्थापनलाई विशेष प्राथमिकता दिएको छ ।
त्यसैथगरी महानगरपालिकाबाट प्रवाह हुने सेवालाई अझ बढी जनउत्तरदायी, पारदर्शी र जवाफदेही बनाउनका लागि अनियमितता र भ्रष्टाचारमा शून्य सहनसिलताको नीति कडाईका साथ लागु गर्ने नीति लिएको छ । 
त्यसैगरी मेयर शाक्यले कोभिड–१९ को प्रभावलाई मध्यनजर गर्दै व्यापार व्यवसायलाई लक्षित गरी व्यवसायीका लागि विशेष सहुलियत, कर छुट दिने योजना महानगरको छ । 
महानगरको नीति तथा कार्यक्रममा  ५० शय्याको अस्पताल स्थापना गर्न पूर्वाधार निर्माण, भौतिक दूरी कायम राखी हिँडडुलका लागि फुटपाथ निर्माण र व्यवस्थापन जस्ता योजना र कार्यक्रमलाई प्राथमिकतामा राखेको मेयर शाक्यले बताए ।
 





  • प्रकाशित मिति : असार ४, २०७७ बिहीबार १७:११:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया