४२६ जना कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या ८ हजार २७४

काठमाडौं– नेपालमा शुक्रबार ४२६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ८ हजार २७४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालय प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा आज एकैपटक ४२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा बोल्दै उनले आज भेटिएका संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेको जानकारी दिए । 

आज मात्रै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या २१६ रहेको छ । नेपालमा कोरोना भाइरसका कारण अहिलेसम्म २२ जनाको मृत्यु भएको छ भने १ हजार ४०२ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्केका छन् । 





  • प्रकाशित मिति : असार ५, २०७७ शुक्रबार १६:३९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया