बुटवल– आफ्नै बिरामी छोरालाई ज्युँदै खाडलमा गाडेको आरोपमा बाबु पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका वडा नं. ११ प्रगतिनगरका राजु परियारलाई प्रहरीले पक्राउ गरेको हो ।
परियारले ६ वर्षका छोरा राजेश परियारलाई डिंगरनगरस्थित सामुदायिक वनको तिनाउ नदी किनारको जग्गामा लगेर गाडेको प्रहरीले बताएको छ । सोबारे सूचना पाएपछि इलाका प्रहरी कार्यालयले खाडल खनेर बालकलाई निकालेको थियो ।
बालकलाई खाडलबाट निकालेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याउँदा अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
बिरामी भई अचेत अवस्थामा रहेको छोरालाई परियारले उपचारका लागि अस्पताल नलगी अटोरिक्सामा राखी लगेर गाडेको स्थानीयको भनाइ छ । प्रहरीले परियारमाथि थप अनुसन्धान सुरु गरेको छ ।
परियारले भने छोरालाई ज्युँदै गाडेको नभई घरमै मृत्यु भएपछि तिनाउ किनारमा लगेर गाडेको बयान प्रहरीसमक्ष दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।