२४ अर्ब ३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सरकारलाई आवश्यक रकम जुटाउन २४ अर्ब ३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले असार ८ गते सोमबार उक्त रकम बराबरको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो ।

राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको नयाँ ट्रेजरी बिल बिक्री गर्न लागेको छ । त्यसैगरी, यसअघि जारी गरेर मिति समाप्त भएको ९ अर्ब ३ करोड रुपैयाँको ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो ।

बैंकले बिक्री गर्न लागेको २८ दिन अवधिको ५ अर्ब रुपैयाँको ट्रेजरी बिल साउन ६ गते परिपक्व हुने छ भने ९१ दिन अवधिको १४ अर्ब ३ करोड रुपैयाँ बराबरको ट्रजरी बिल २०७७ असोज ६ गते परिपक्व हुनेछ । त्यसैगरी, १८२ दिन अवधिको ५ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल २०७७ पुस ७ गते परिपक्व हुनेछ।

उक्त ट्रेजरी बिलमा सोमबार मध्याह्न ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ । असार ९ गते मंगलबार जारी हुने ट्रेजरी बिलको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन् ।

राष्ट्र बैंकले यसअघि असार १ गते पनि ९१ दिन अवधिको ४ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।





  • प्रकाशित मिति : असार ७, २०७७ आइतबार १७:२२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया