दाङमा सवारी दुर्घटना, प्रहरी जवानको मृत्यु

दाङ– दाङमा सवारी दुर्घटना हुँदा एकजना प्रहरी जवानको मृत्यु भएको छ । नवलपरासीको सुनवल इलाका प्रहरी कार्यालयमा कार्यरत २७ वर्षीय प्रहरी जवान जितेन्द्र चौधरीको मृत्यु भएको हो । 

उनी नवलपरासीको रामग्राम नगरपालिकाका बासिन्दा घर भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । उनी दाङको तुलसीपुरबाट लु५८प १८४३ नम्बरको मोटरसाइकल चढेर रामपुर जाँदै गरेको अवस्थामा विपरीत दिशाबाट आएको रा१त ७५७ नम्बरको ट्याक्टरले तुलसीपुरमा ठक्‍कर दिएको थियो । 

दुर्घटनाबाट गम्भीर घाइते चौधरीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो । 





  • प्रकाशित मिति : असार ७, २०७७ आइतबार १७:३२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया