पाल्पाको तानसेनमा पहिरो जाँदा दुईको मृत्यु, उद्धार कार्य जारी

पाल्पा– जिल्लाको तानसेन नगरपालिका–११ मा पर्ने सम्मोबारी भन्ने स्थानमा पहिरो जाँदा मिनी ट्रक, टयांकर र मोटरसाइक पुरिएका छन् । ती सवारी साधन पुरिँदा त्यसमा सवार दुईजनाको मृत्यु भएको छ । 

बिहान ८ बजेदेखि गएको पहिरोका कारण सडक अवरुद्ध बनेको छ । तानसेन बजारदेखि ५ किलोमिटर टाढा पर्ने सो स्थान गुलमीको तम्घास जाने बाटोमा पर्छ । 
पहिरो पन्छाउने क्रममा थप पहिरो खसेको र उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । 

पहिरोका कारण एउटा मिनिट्रक सय मिटर तल पुगेको छ भने टयांकर ५०० मिटर तल पुगेको छ । एउटा मोटरसाइकल र हेलमेट पुरिएको देखिएको छ । घटनामा परेका १ जनालाई उद्धार गरी उपचारका लागि पाल्पा पठाइएको प्रहरीको भनाइ छ । 





  • प्रकाशित मिति : असार ८, २०७७ साेमबार १८:२२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया