भारत–चीन बिग्रँदो सम्बन्धमा किन मध्यस्थता गर्न चाहन्छ रुस ?

लद्दाखमा दुई देशका सैनिकबीच भएको भीडन्तपछि भारत र चीनबीचको सम्बन्ध तत्काल राम्रो हुने सम्भावना देखिँदैन । तर, यी दुई देशका अधिकारीहरु अहिले पनि विभिन्न बैठकमा सहभागी भइरहेका छन् । यसले यो तनाव थप समस्याग्रस्त नहोला भन्ने अनुमान छ ।

केही दिनअघि मात्र यी दुई देशका विदेशमन्त्रीबीच आरआइसीको ब्यानरमा भर्चुअल भेट भएको छ । उनीहरुको बैठकलाई सुमधुर रुपमा लिइएको बताइएको छ । तर, गजबको कुरा त यो बैठकमा रुसी विदेशमन्त्री पनि सहभागी थिए ।

यसले संकेत गरेको छ– भारत र चीनबीचको तनावलाई कम गर्न रुसले पनि चासो दिन थालेको छ ।

यो भर्चुअल बैठकपछि रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभले इकोनोमिक टाइम्सलाई भनेका छन् कि अब यी दुई देशबीच सीमामा भएको विवाद विस्तारै कम हुने सम्भावना बढेको छ । 

यता, भारतीय विदेशमन्त्री एस जयशंकरले पनि भारतले अन्तर्राष्ट्रिय समुदायलाई पनि समर्थन गर्दै अगाडि बढ्दै जाने बताएको छ ।

यो बैठक चाहिँ रुसले नै आयोजना गरेकाले पनि यसलाई विशेष प्राथमिकतामा विश्वका सन्चारमाध्यमले राखेका छन् । रुसले अब केही दिनमा फेरि यस्तै बैठक गर्ने तयारी सुरु गरेको छ जसमा भारत र चीनका अधिकारीहरुको सहभागिता अझ बढी हुने बताइएको छ ।



यसको अर्थ हो, भारत र चीनबीचको तनाव कम गर्न रुसले विशेष भूमिका निर्वाह गर्न खोजिरहेको छ । इकोनोमिक टाइम्सले प्रकाशन गरेको समाचारअनुसार पर्दा पछाडि रुसको भूमिका किन महत्वपूर्ण छ भने भारत र चीन दुवैसँग रुसको सम्बन्ध अहिले पनि राम्रो छ ।

भारत, चीन र रुस आरआइसी, ब्रिक्स र संघाई कर्पोरेसन अर्गनाइजेसन, तीन संगठनका सदस्य हुन् । अहिले यी तिनै संगठनमा रुसले अध्यक्षता गरिरहेको छ । त्यसैले पनि रुसले भारत र चीनबीचको तनाव कम गर्न मध्यस्थता सुरु गरेको बताइएको छ ।



यी तीन संगठनलाई राम्रो बनाउन सकेको खण्डमा मात्र विश्वमा शक्ति सन्तुलनका लागि सहज हुने रुसको बुझाइ छ, त्यसैले उसले भारत र चीनबीच मध्यस्थता गर्न चाहेको अन्तर्राष्ट्रिय विश्लेषकहरुले विश्लेषण गरेका छन् ।

  • प्रकाशित मिति : असार ११, २०७७ बिहीबार ६:१६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया