बेलायती प्रधानमन्त्री बोरिस जोनसनले भारत तथा चीनबीच पछिल्लो समय देखिएको विवादबारे मुख खोलेका छन् । उनले सीमा विवादका कारण दुई देशबीच समस्या हुने र यसलाई वार्ताको माध्यमबाट समाधान गर्न सक्नु पर्ने बताएका हुन् ।
बोरिस जोनसले पूर्वी लद्दाखमा भारत र चीनबीच भएको सीमा विवादलाई एक गम्भीर तथा चिन्ताजनक अवस्थाको संज्ञा दिएका छन् । उनले यसबारे बेलायतले नजिकबाट हेरेको पनि बताएका छन् ।
भारत चीन सीमा विवादमाथि बेलायती प्रधानमन्त्री बोरिस जोनसनको यो पहिलो आधिकारिक बयान हो । उनले बुधबार बेलायती सदन हाउस अफ कमन्समा सांसदहरुको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।