काठमाडौं– दैलेखमा आत्महत्या गरेका २१ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । दुल्लु नगरपालिकाको गमौडी घर भएका उनी गत जेठ ११ गते भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका थिए ।
उनी आरडिटी परीक्षण नेगेटिभ देखिएपछि घर फर्किएका थिए । घर फर्किएको १६ दिनपछि असार ९ गते उनले झुन्डिएर आत्महत्या गरेका थिए ।
असार १० गते बिहान दैलेख अस्पतालमा पोस्टमार्टम गरी उनको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ पुष्टि भएको कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
कर्णालीमा हालसम्म कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।