कोरोनाभाइरसः विश्वमा बालबालिकामा कस्ता लक्षण देखिएका छन् ?

युरोपेली बालबालिकामा गरिएको एक अध्ययनअनुसार पछिल्लो समय कोभिड १९ संक्रमण भएका बालबालिकाको मृत्यु अत्यन्त कम छ । यसलाई युरोपेली एक रिसर्च ग्रुपले त दुर्लभ भन्ने संज्ञा दिएको छ । 

एउटा अध्ययनमा समावेश गरिएका ५ सय ८२ बालबालिकामध्ये ४ जनाको मात्र मृत्यु भएकाले पनि यस्तो भनिएको हो । 

अनि बालबालिकामा पछिल्लो समय कोभिड १९ संक्रमण देखिएपछि अत्यन्त सामान्य लक्षण देखिएको बताइएको छ । त्यसैले बालबालिकामा १० मध्ये १ लाई मात्र आइसियूमा राखेर उपचार गर्न परेको बताइएको छ ।

लन्डनको ग्रेट ओर्मन्ड स्ट्रिटले गरेको यो अध्ययनमा ३ दिनका देखि १८ वर्षसम्मका बालबालिका समावेश गरिएको थियो । उनीहरु सबैलाई अप्रिलमा कोरोनाभाइरस संक्रमण देखिएको थियो । यीमध्ये ४ जना बालबालिकाको मात्रै कोरोनाका कारण निधन भयो ।

अनि अध्ययनमा समावेश गरिएका बालबालिकामा ६५ प्रतिशतमा ज्वरो देखिएको थियो । ५४ प्रतिशतमा स्वासप्रस्वास नलीमा इन्फेक्सन, २५ प्रतिशतमा न्यूमोनिया देखिएको थियो । 





  • प्रकाशित मिति : असार १२, २०७७ शुक्रबार ६:९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया