कालिकोटमा पहिरो, डेढ सय घर जोखिममा

कालिकोट– जिल्लाको महावै गाउँपालिका–३ डिल्लीकोटको धामीगाउँमा पहिरो जाँदा १५० घरधुरी जोखिममा परेका छन् । अविरल वर्षापछि बिहीबार राति आएको पहिराका कारणले बस्ती नै जोखिम परेको हो । 

सिरानमा नै पहिरो आएका कारणले गाउँ नै जोखिममा परेको स्थानीयवासी जनपुराकुमारी सिंहले बताइन् । ‘गाउँको सिरानमा पहिरो आएको छ’ उनले भनिन्– ‘बस्ती नै जोखिममा परेको कारणले अहिले सबै मानिस त्रसित छन् ।  पहिरोका कारणले खानेपानीको पाइप पनि भत्किएको छ । बस्तीमा अहिले खानेपानीको समस्या भएको छ ।’

अहिले बस्तीलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा छलफल भइरहेको वडाध्यक्ष दानकला सिंहले बताइन् । ‘बस्ती पहिरोको जोखिममा परेको छ’, उनले भनिन्– ‘बस्ती सार्ने वा के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’ 
 





  • प्रकाशित मिति : असार १२, २०७७ शुक्रबार १९:१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया