नेपालको जनसंख्या तीन करोड नाघ्यो

काठमाडौं– नेपालको जनसंख्या ३ करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागले शुक्रबार नेपालको जनसंख्या ३ करोड ६ सय ३४ रहेको तथ्यांक सार्वजनिक गरेको हो । 

विसं २०६८ मा नेपालको जनसंख्या २ करोड ६४ लाख ५४ हजार ५ सय ३४ रहेको थियो । सोही आधारमा विभागले नयाँ तथ्यांक सार्वजनिक गरेको हो । विभागले जन्म, मृत्यु र बसाइँसराइको दरका आधारमा नेपालको जनसंख्या ३ करोड पुगेको बताएको हो । 

नेपालमा हरेक १० वर्षमा जनगणना हुने गरेको छ । जसअनुसार आगामी वर्ष नेपालमा १२औँ राष्ट्रिय जनगणना हुँदै छ । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. पुष्पराज कँडेलको अध्यक्षतामा बसेको बैठकले जनगणनाको कार्यसूची स्वीकृत गरिसकेको छ ।





  • प्रकाशित मिति : असार १२, २०७७ शुक्रबार २१:४१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया