एउटा ढुङ्गो जसले यी व्यक्तिलाई बनायो रातारात करोडपति

तान्जानियामा एक सामान्य व्यक्तिले आफ्नो जीवनका लागि सबैभन्दा ठूलो खोज गरेका छन्, जसलाई अहिले देशकै सबैभन्दा ठूलो खोज भनेर चित्रण गर्न थालिएको छ ।

अनि यी व्यक्ति जसले यो खोज गरेका छन्, उनी अब निकै ठूलो पार्टी गर्ने योजनामा रहेका छन् । 

तर, अचम्ममा पर्नु पर्दैन, उनले खोजेको यो कुरा अरु केही नभएर ढुङ्गा हो । र, यसलाई फेला पारेका हुन्, सैनिनियु लाइजरले । उनले दुई ठूला तन्जानाइट ढुङ्गा फेला पारेका हुन्, जसको तौल १५ किलो छ ।

पृथ्वीमा नै पाउने अत्यन्त दुर्लभ मानिएको यो ढुङ्गा पाएपछि उनलाई अब ३४ लाख अमेरिकी डलर अर्थात् झन्डै ४० करोड रुपैयाँ मिल्ने भएको छ । उनलाई यो तान्जानियाको उत्खनन मन्त्रालयले दिन लागेको हो । अब लाइजर रातारात करोडपति बनेका छन् ।

अनि रातारात करोडपति बनेपछि लाइजरले भनेका छन्, ‘म एउटा ठूलो पार्टी गर्नेछु ।’ लाइजर ३० भन्दा धेरै बच्चाका बाबु हुन् । 

तान्जानाइट केवल उत्तरी तान्जानियामा पाइन्छ । र, गहनाका रुपमा प्रयोग हुने यो पत्थर निकै महंगो मानिन्छ । यसबाट औंठी, ब्रेसलेट तथा नेकलेस बनाइन्छ । अन्य आभुषणका लागि पनि तान्जानाइटको प्रयोग हुनसक्छ । 



केही वैज्ञानिकहरुले यो पत्थर अबको २० वर्षपछि पूर्ण रुपमा लोप हुने अनुमान गरेका छन् ।

लाइजरले यो पत्थर पाएपछि उनलाई राष्ट्रपतिले पनि फोन गरेर बधाई दिएका छन् । उनले बधाई दिँदा भनेका थिए– यसले यो प्रमाणित गरेको छ कि तान्जनिया निकै धनी राष्ट्र हो । 



  • प्रकाशित मिति : असार १४, २०७७ आइतबार १०:३४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया