विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या १ करोड पुग्यो

जोन्स हप्किङ्स विश्वविद्यालयको ड्यासबोर्डमा आएको पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या अब एक करोडभन्दा बढी भएको छ ।

अनि कोभिड १९ का कारण अब विश्वभर पाँच लाख मानिसहरुको मृत्यु भएको छ ।

कोरोनाभाइरसका कारण अहिलेसम्म सबैभन्दा बढी प्रभावित अमेरिका देखिएको छ । अमेरिकामा मात्र २५ लाखभन्दा धेरैमा कोरोनाभाइरस संक्रमण देखिएको छ भने त्यहाँ एक लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

कोरोना महामारीले सबैभन्दा बढी प्रभावित अमेरिकाका फ्लोरिडा र टेक्सस प्रान्तमा फेरि लकडाउन लगाइएको छ ।

अमेरिकापछि ब्राजिलमा कोरोनाभाइरस संक्रमित सबैभन्दा धेरै छन् । त्यहाँ १३ लाखभन्दा धेरै संक्रमित भेटिएका छन् भने ५७ हजारले ज्यान गुमाइसकेका छन् ।

कोरोनाका कारण सबैभन्दा प्रभावित तेस्रो देशमा रुस परेको छ । रुसमा अहिलेसम्म ६ लाख कोरोनाभाइरस संक्रमित भेटिएका छन् । ९ हजारभन्दा धेरैले रुसमा कोभिड १९ का कारण ज्यान गुमाएका छन् ।



कोरोनाबाट प्रभावित चौथो देशमा भारत परेको छ । भारतमा अहिलेसम्म ५ लाख २९ हजारभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिएका छन् । अनि भारतमा कोरोनाका कारण १६ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् । भारतको दिल्लीमा मात्र ७३ हजारभन्दा बढी कोरोनाभाइरस संक्रमित भेटिएका छन् ।



  • प्रकाशित मिति : असार १४, २०७७ आइतबार १६:२३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया