बाबुराम भट्टराईको व्यंग्य– प्रधानमन्त्रीलाई हटाउने उचित वेलाचाहिँ कैले रहेछ हँ ?’

काठमाडौं– प्रधानमन्त्री​ केपी ओलीले आफूलाई हटाउने खेल भएको दाबी गरेपछि राजनीतिक वृत्तमा उनको भनाइमा प्रतिक्रिया दिने क्रम सुरु भएको छ । यस क्रममा पूर्वप्रधानमन्त्री​ डा.बाबुराम भट्टराई सबैभन्दा अगाडि देखिएका छन् । 

आइतबार प्रधानमन्त्रीको भनाइ सार्वजनिक भएको केहीबेरमै डा. भट्टराईले ट्विटरमार्फत प्रधानमन्त्रीलाई कडा प्रतिक्रिया दिएका छन् । भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई आफ्नै पार्टीले बाहेक अरुले हटाउन सक्ने संविधानमा व्यवस्था नभएको बताएका छन् ।

‘बहुमत प्राप्त प्रमलाई आफ्नै पार्टीले बाहेक अरूले हटाउन सक्ने व्यवस्था हाम्रो संविधानमा छैन’ प्रधानमन्त्री ओलीप्रति व्यंग्य गर्दै उनले थप लेखेका छन्,  ‘तर अहिले हटाए नक्सा छापेको करणले हुने ? भोलि सलहले दुःख दिएको बेला हुने ? पछि बाढी पहिरो आएको बेला हुने ? अलिपछि दशैँ–तिहारको बेला हुने ? अनि जाडोको बेला हुने ?’ उचित वेलाचाहिँ कैले रहेछ हँ ?’





  • प्रकाशित मिति : असार १४, २०७७ आइतबार १७:४०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया