अफगानिस्तानमा अमेरिकी सेनाविरुद्ध रुसले गरेको थियो लगानी ?

रुसले ती रिपोर्टहरुलाई खारेज गरिदिएको छ जसमा अफगानिस्तनामा तालिबान समूहलाई उसले पैसा दिएर अमेरिकी सेनाविरुद्धको आक्रमणलाई थप बल प्रदान गरेको थियो ।

अमेरिकी अधिकारीहरुको हवाला दिँदै न्युयोर्क टाइम्स, वासिङ्टन पोस्ट तथा वाल स्ट्रिट जर्नलललगायतका पत्रिकाहरुले रुसी सेनाले पनि अमेरिकी सेनाविरुद्ध पैसा दिएको उल्लेख गरेका थिए ।

उता, यी रिपोर्ट आएपछि अमेरिकामा रहेको रुसी दूतावासले यसले दुई देशबीच राजनीतिक संकट उत्पन्न गरेको आरोप लगाएको छ ।

तालिबानले पनि यसलाई अस्वीकार गरेको छ । तालिबानले आफ्नो रुसी जासुसी संस्था तथा सेनासँग कुनै सम्झौता वा सम्बन्ध नरहेको प्रतिmित्रया दिएको छ । 

यो रिपोर्ट अहिले किन पनि महत्वपूर्ण मानिएको छ भने अहिले १९ वर्ष लामो युद्धमा होमिएको तालिबान र अमेरिकाबीच शान्ति सम्झौताका लागि प्रयासहरु भइरहेका छन् । 

न्युयोर्क टाइम्सले एक अधिकारीको हवाला दिँदै अमेरिकी जासुसी संस्थाले यो महिना रुसको जिआरयू सैन्य जासुसी एजेन्सीको एक युनिटले तालिबानालाई अमेरिकी सेनामाथि आक्रमण गर्न पैसा दिएको दाबी गरेको हो ।



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहिँ आफूलाई यस विषयमा केही पनि थाहा नभएको बताएका छन् । तर, न्युयोर्क टाइम्सले यसबारे जानकारी ट्रम्पलाई गत मार्चमा नै दिएको दाबीसहित समाचार प्रकाशन गरेको छ ।



  • प्रकाशित मिति : असार १५, २०७७ साेमबार ४:४६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया