अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा शनिबार राति तालिबान समूहले गरेको आक्रमणमा कम्तीमा ६ जना अफगान सुरक्षाकर्मीको मृत्यु भएको छ ।
टोलो न्यूजका अनुसार तालिबानी लडाकूले इमाम साहिब जिल्लामा सुरक्षाकर्मीको जाँच चौकीमा आक्रमण गरेका थिए ।
जाँच चौकीमा सुरक्षाकर्मीको सङ्ख्या बढाएसँगै तालिबान विद्रोहीहरू फरार भएका थिए ।
सुरक्षा स्रोतका अनुसार सरकारी फौजको प्रत्याक्रमणमा चार जना तालिबान लडाकु मारिएका छन् भने केही घाइते भएका छन् ।
तर यस विषयमा तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।