काभ्रे– टिपरले मोटरसाइकललाई ठक्कर दिँदा काभ्रेमा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय वेदप्रसाद कोइराला र ५५ वर्षीय गोवद्र्धन कोइराला छन् ।
बुधबार दिउँसो बा ४ ख ६३८६ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुवैको घटनास्थलमै मृत्यु भएको हो । मृतक दुवैको शव बनेपास्थित सिर मेमोरियल अस्पतालमा राखिएको छ ।
दुर्घटनापछि टिपर चालक फरार छन् । उनकोे खोजी भइरहेको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।