संयुक्तराज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडिए)ले कोरोनाभाइरसविरुद्ध भ्याक्सिनको क्लिनिकल परीक्षणका लागि अनुमति दिएको छ ।
एफडिएका प्रमुख स्टिभन हानले चार किसिमका खोपको क्लिनिकल परीक्षणका लागि अनुमति दिइएको जानकारी दिए । उनले अरु ६ किसिमका खोप पनि परीक्षणको क्रममा रहेको बताए ।
अमेरिकी प्रशासनले सन् २०२१ को जनवरीसम्ममा कोविड–१९ का लागि ३० करोड भ्याक्सिन उत्पादन गरी वितरण गर्ने लक्ष्य राखेको छ ।
यसैबीच, अमेरिकी सङ्क्रामक रोग विज्ञ एन्थोनी फाउचीले अमेरिकामा सुरक्षित र कामकाजी किसिमको भ्याक्सिन तयार हुनेमा अझै आशावादी हुने लक्षण नदेखिएको चेतावनी दिए ।
उनले भ्याक्सिनका प्रभावकारिता सम्बन्धी विवरणहरू आगामी वर्षको शुरुतिर मात्र प्राप्त हुने पनि जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।