कोरोनाभाइरस महामारी : ब्राजिलमा ८० लाख मानिसले गुमाए रोेजगारी

कोरोनाभाइरस महामारीले ब्राजिलमा ८० लाख मानिसले रोजगारी गुमाएका छन् । ब्राजिली भूगोल तथा तथ्याङ्क विभागले मङ्गलबार दोस्रो त्रैमासिकको विवरण समेटिएको नयाँ तथ्याङ्क सार्वजनिक गर्दा करिब ७८ लाख व्यक्तिले रोजगारी गुमाएको जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सिएनएनले  ७८ लाख रोजगारी गुमाएकामध्ये ५८ लाख व्यक्ति अनौपचारिक क्षेत्रमा कार्यरत रहेको उल्लेख गरेको छ । तथ्याङ्क विभागका अनुसार ब्राजिलमा बेरोजगारी दर ५० प्रतिशतभन्दा मुनि गएको यो पहिलो अवसर हो । सन् २०१२ देखि बेरोजगारीको अवस्था सम्मिलित अध्ययनसमेत हुँदैआएको छ ।

ब्राजिलमा १४ वर्षभन्दा माथिको उमेरलाई काम गर्न सक्ने उमेरअन्तर्गत राखिएको छ । ब्राजिलमा करिब आठ करोड ५९ लाख व्यक्ति विभिन्न क्षेत्रमा कार्यरत छन् । गत वर्षको अपेक्षा कार्यरत व्यक्ति ८.३ प्रतिशतले खुम्चिएको हो ।

अर्थविद्हरूले ब्राजिलमा आर्थिक वृद्धिदर ऐतिहासिक रुपमा ह्रासोन्मुख रहेको जनाएका छन् । ब्राजिलको केन्द्रीय बैङ्कले आर्थिक वृद्धिदर ६.४ प्रतिशतले घटने अनुमान गरेको छ । त्यस्तै, अन्तर्राष्ट्रिय मुद्रा कोषले भने ९.१ प्रतिशतसम्म घटने अनुमान गरेको छ । 
 





  • प्रकाशित मिति : असार १८, २०७७ बिहीबार ७:२७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया