विश्वभर १ करोड ११ लाखभन्दा धेरै व्यक्तिमा कोरोनाभाइरस संक्रमण


विश्वभर १ करोड ११ लाख ९० हजार ६७८ भन्दा धेरै व्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

त्यस्तै, कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख २९ हजार ११३ पुगेको छ ।

अमेरिका सबैभन्दा बढी कोरोना संक्रमणबाट प्रभावित हुने देश हो । त्यहाँ २८ लाख ९० हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ ।

अमेरिकामा हालसम्म १ लाख ३२ हजार १०१ जनाको मृत्यु भएको छ ।

संक्रमणको आधारमा ब्राजिल दोस्रो स्थानमा छ । ब्राजिलमा १५ लाख ४३ हजार ३४१ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी, ६३ हजार ८५४ जनाको ज्यान गएको छ ।





  • प्रकाशित मिति : असार २०, २०७७ शनिबार ७:४५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया