बझाङ पहिरो अपडेट : दुई जनाको शब फेला
तस्बिर : सामाजिक सञ्जाल

बझाङको केदारस्यूँ गाउँपालिका ८ मल्लेसमा गएको पहिरोमा परेर चार परिवारका सात जना बेपत्ता भएकामध्ये दुई जनाको शब फेला परेको छ ।

सात वर्षीया छोरी अस्मिता जेठारा र ११ वर्षीय प्रयाग जेठाराको शब फेला परेको बझाङ प्रहरीले जनाएको छ ।  साथै, पहिरोले १८ घर बगाएको छ ।

गएराति अबिरल बर्षा भएपछि गाउँ माथिबाट पहिरो झरेर घटना भएको हो ।

सदरमुकामबाट चार घण्टाको पैदल दुरीमा रहेको सो स्थानमा अहिले प्रहरी टोली पठाइएको र अबस्था हेरी उद्धारका लागि सदरमुकाममा हेलिकोप्टर तयारी अबस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय, बझाङले जनाएको छ ।
 





  • प्रकाशित मिति : असार २०, २०७७ शनिबार १२:४७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया