६३ जना सहसचिवको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका ६३ जना वरिष्ठ सहसचिवलाई प्रदेश कार्यालयहरुमा खटाएको छ । कतिपयलाई काज सरुवा गरिएको छ भने कतिपयलाई कामकाजका लागि भनेर पठाइएको छ ।

वरिष्ठ सहसचिवहरुलाई सकेसम्म काठमाडौं बाहिर पठाउने नीति रहेको मन्त्रालयका एक कर्मचारलिे बताए । उनका अनुसार सोही नीति बमोजिक राजपत्रांकित प्रथम श्रेणीका ६३ जना सहसचिवलाई बिभिन्न कार्यालयमा खटाइएको हो ।

यसअघि वरिष्ठ सहसचिवहरुले पहुँचको भरमा काठमाडौं नछोड्ने र कनिष्ठहरुलाई मात्र काठमाडौं बाहिर सरुवा गरेर पठाउने गुनासो आउने गरेको थियो ।

यही गुनासोको बीच ६३ जना सहसचिवहरुमध्ये धेरैजसोलाई काठमाडौं बाहिर पठाइएको ती कर्मचारीको भनाइ छ ।

मन्त्रि स्तरमा यो निर्णय गत १९ असार मैै भएको भए  पनि मन्त्रालयले आइतबार मात्रै सार्वजनिक गरेको छ ।

जसअनुसार शोभाकान्त पौडेललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कामकाजको लागि खटाइएको छ ।



त्यस्तै, भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयकी चन्द्रकला पौडेललाई गण्डकी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा खटाइएको छ ।

त्यसैगरी, गृह मन्त्रालयका राजेश पौडेललाई हेटौंडा उपमहानगरपालिकामा कामकाजका लागि खटाइएको छ ।



उद्योग मन्त्रालयकै प्रदीपराज अधिकारीलाई जितपुर सिमरा उपमहानगरपालिकामा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका महेश बराललाई पोखरा महानगरपालिकामा, श्रम मन्त्रालयका रामचन्द्र ढकाललाई गण्डकी प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा खटाइएको छ ।

गृहमन्त्रालयका सरोज गुरागाईँलाई प्रदेश १ को मुख्यमन्त्रीको कार्यालयमा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काशीराज दाहाललाई प्रदेश २ को आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाइएको छ ।

साथै, अख्तियारकै प्रदीपकुमार कोइरालालाई पर्यटन मन्त्रालयमा र अर्थमन्त्रालयका भुपाल बराललाई प्रदेश २ को सामाजिक विकास मन्त्रालयमा पठाइएको छ ।
 

  • प्रकाशित मिति : असार २२, २०७७ साेमबार ८:४९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया