कोरोना संक्रमित बढेपछि साउथ वेल्स–भिक्टोरिया सीमा बन्द

अष्ट्रेलियाका दुई ठूला प्रान्त भिक्टोरिया र न्यु साउथ वेल्सले आफ्नो सीमा बन्द गर्ने भएका छन् । पछिल्लो समय मेलबर्नमा कोभिड १९ का संक्रमितको संख्या ह्वात्तै बढेपछि उनीहरुले यो निर्णय लिएका हुन् । 

पछिल्ला दुई सातामा भिक्टोरियाको राजधानी मेलबर्नमा सयौँमा कोरोनाभाइरस संक्रमण देखिएको छ । यीमध्ये अधिकांश संक्रमितमा स्थानीय स्तरमा कोरोना संक्रमण भएको मानिएको छ । 

अहिलेसम्म यी दुई प्रान्तले आफ्नो सीमा बन्द गरेका थिएनन् । अन्य प्रान्तले बन्द गरे पनि यी दुईबीच सीमा खुला नै थियो । 

अब बुधबारबाट यी दुई सहरबीच यात्रालाई पनि प्रतिबन्ध लगाइएको छ ।





  • प्रकाशित मिति : असार २२, २०७७ साेमबार १०:२४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया