काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा २ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीअनुसार योसँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २५३ जना जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ७ हजा ७ सय ५२ पुगेको उनले बताए ।
बुधबारसम्म २ लाख ६६ हजार ४५७ पिसिआर परीक्षण सम्पन्न भएको छ भने आरडिटी परीक्षणको संख्या ३ लाख १२ हजार ४०२ यथावत् छ ।
अहिलेसम्म २५ हजार ४० जना क्वारेन्टाइनमा रहेका छन् भने ८ हजार ६३६ जना आइसोलेसनमा रहेका छन् । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३५ रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।