थप १०८ जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या संख्या १६ हजार ५३१

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् ।

यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १३९ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७ हजार ८९१ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा  ४ हजार ५ सय ८८ जनाको पिसिआर परीक्षण गरिएको छ ।

हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ ।





  • प्रकाशित मिति : असार २५, २०७७ बिहीबार १६:३४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया