पूर्वी नवलपरासीको गैँडाकोटमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । बाढीले डाइभर्सन बगाएपछि राजमार्ग अवरुद्ध भएको हो ।
लगातारको वर्षाले डाइभर्सनमा राखिएको कल्र्भट बगाएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।
गैँडाकोट नगरपालिका–९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि शनिबार बिहान चार बजेदेखि राजमार्ग अवरुद्ध भएको प्रहरीको भनाइ छ ।
बाटो बन्द भएपछि गन्तव्यमा हिँडेका सवारीसाधन बीच बाटोमै अलपत्र परेको स्थानीयहरुको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।