असार २५ गते बाह्रबिसे नगरपालिकाको जम्बु र भोटेकोशी गाउँपालिकाको बुलकुटे बाढी-पहिरोमा परि बेपत्ता भएकामध्ये एक जना जीवितै अवस्थामा भेटिएका छन् ।
त्यस्तै, एक जना मृत अवस्थामा भेटिएको बाह्रबिसे नगरपालिकाका प्रमुख निम्फुन्जो शेर्पाले जानकारी दिए । २६ असारको लार्चा बाढीमा परि बेपत्ता भएका ५७ बर्षीय नाप्चे मगर जिवित अबस्थामा भेटिएका हुन् । शनिबार बिहान मगर भोटेकोशी नदीमा जिवित अबस्थामा भेटिएका हुन् ।
उनको टाउको र खुट्टामा सामान्य चोटपटक लागेको र स्थानीय स्वास्थ संस्थामा उपचार भइरहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
त्यसैगरी, भोटेकोशी गाउँपालिका ५ बुलकुटेमा बाढी र पहिरोमा परेर बेपत्ता भएका भोटेकोशी गाउँपालिकाका ६ बर्षीय साहिल तामाङ मृत अबस्थामा भेटिएका छन् ।
शुक्रबार बेलुकी साहिलको शव चौतारा साँगचोकगढी नगरपालिकाको सुकुटेस्थित सुनकोशी नदीमा फेला परेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।