जाजरकोट पहिरोमा पुरिएका ९ जनाको शव भेटियो, ६ अझै बेपत्ता

जाजरकोटमा बिहीबार राति गएको पहिरोमा परी बेपत्ता भएका नौ जनाको शव भेटिएको छ । शनिबार दुई जनाको शव भेटिएसँगै मृतकको संख्या नौ पुगेको हो ।

पहिरोमा पुरिएर ६ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय, जाजरकोट जनाएको छ । प्रहरीका अनुसार बेपत्तामध्ये ७ जनाको शव शुक्रबार भेटिएको थियो भने शनिबार थप दुई जना थपिएका हुन् ।

मृत्यु हुनेमा बारेकोट गाउँपालिका–४ का ५२ वर्षीय गोपाल सार्की, उनको ११ वर्षका छोरा अर्जुन र १४ वर्षीया छोरी तिर्खा छन् ।

त्यस्तै, पाहुना आएका कुशे गाउँपालिका–९ का २० वर्षीया डिल्ली सार्की, १४ वर्षकी गौरी, १६ वर्षकी कविता र १८ वर्षका वीरेन्द्र सार्कीको शव शुक्रवार नै भेटिएको थियो ।

पहिरोले बारेकोट गाउँपालिका–४ सार्कीगाउँका गोपाल सार्की र कालु सार्कीको घर बगाउँदा १२ जना बेपत्ता भएका थिए ।

प्रहरीका अनुसार शुक्रबार नै स्थानीय खोलामा बगेका बारेकोट– ६ धुमाका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउने पनि भेटिएका छैनन् । सोही दिन खहरे खोलामा बगेका जुनिचाँदे गाउँपालिका–१ का डिल्ली चुनारा पनि बेपत्ता छन् ।



बेपत्ताहरुको खोजी भइरहेको जाजरकोट प्रहरीले जनाएको छ ।



  • प्रकाशित मिति : असार २८, २०७७ आइतबार ९:९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया