नाति बोकेको तस्बिर शेयर गर्दै बाबुरामले भने, ‘बल्ल हजुरबा भइयो’

जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई अहिले दंग छन् । दंग हुनुमा उनको नाति जन्मिएर हो ।

आजै जन्मिएका नातिलाई काखमा लिएको तस्बिर ट्विटरमा सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘बल्ल हजुरबा भइयो !’

आज बिहान १० बजे महारागञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा छोरी मानुषी यमी भट्टराईले छोरा जन्माएपछि बाबुराम हजुरबा भएका हुन् ।

‘असार २८ गते विहान १०.०५ बजे टिचिङ अस्पतालमा छोरी मानुषी र ज्वाइँ जेकेन्द्र (श्रेष्ठ)लाई पुत्र लाभ भएको छ’, ट्विटरमा उनले लेखेका छन् ।

डा. भट्टराईले शल्यक्रियामा संलग्न स्वास्थ्यकर्मी र आफूलाई बधाई दिने सबैलाई धन्यवादसमेत दिएका छन् ।

साथै उनले आमा र शिशु दुवैको अवस्था सामान्य रहेको जानकारीसमेत दिएका छन् । 



‘सफल अपरेसनका लागि डा. गीता गुरूङ र टिमलाई धन्यवाद ! अहिलेसम्म हाम्रो परिवारमा २२ औं शताब्दी देख्ने सम्भावना भएको एकमात्र शिशुको सुस्वास्थ्यको कामना ! मानुषी–जेकेन्द्रलाई बधाई !’  



  • प्रकाशित मिति : असार २८, २०७७ आइतबार १४:४५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया