'ओलीलाई छाडा छोड्नु खतरनाक हुन्छ' : बाबुराम भट्टराई

राम नेपाली भएको र अयोध्या वीरगन्जमा पर्छ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले कडा टिप्पणी गरेका छन् ।

प्रम ओलीको चिन्तन प्रणाली स्वस्थ नदेखिने भन्दै भट्टराईले उनलाई छाडा छोड्नु भविश्यका लागि झनै खतरनाक हुने भएकाले चाँडै यसको उपचार खोज्नुपर्ने बताएका छन् ।

‘अति गरे खति हुन्छ भन्छन्, प्रम केपी शर्मा ओलीका वचनकर्मले सीमा नाघ्दैछन् । सिंहमेव जयते र बेसार पुराणदेखि अयोध्यासम्म आउँदा उहाँको चिन्तन प्रणाली स्वस्थ देखिन्न’, आज विहान ट्विट गर्दै भट्टराईले लेखेका छन्, ‘संसद स्थगन गरेर अध्यादेश र संकटकालको ‘खड्ग’समेत उहाँको हातमा छ । अब उहाँलाई छाडा छोड्नु खतरनाक हुनेछ, उपचार खोजौं ।’

डा. भट्टराईको प्रतिक्रियाप्रति अधिकांशले आपत्ति जनाएका छन् । उनीहरुको प्रश्न छ, ‘भारतले खण्डन गर्नुपर्ने विषयमा तपाईँ किन बोलेको ?’

प्रधानमन्त्री ओलीले भारतले नेपालमाथि साँस्कृतिक अतिक्रमण गरेको बताउँदै सोमबार भगवान् रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने दाबी गरेका थिए । उनले भारतले विवादित अयोध्या खडा गरेको आरोपसमेत लगाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भानु जयन्तीका अवसरमा आयोजित कार्यक्रममा ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।




 



  • प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार ८:२४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया