मेलम्चीको सुरुङमा एक इन्जिनियरसहित दुई बेपत्ता

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा छोडेको पानीमा एकजना इन्जिनियरसहित दुई जना बेपत्ता भएका छन् ।

हेलम्बु गाउँपालिका १ स्थित सुरुङमा आयोजनाका एक जना इन्जिनियर र चालक बेपत्ता भएका सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

हाल मेलम्ची आयोजनाको सुरुङमा पानी राखेर परीक्षणको काम भइरहँदा परीक्षणका क्रममा सुरुङमा समस्या देखिएर हेर्न गएका ४ जनालाई पानीले बगाएको थियो ।

प्रहरीका अनुसार उनीहरुमध्ये २ जनाको जीवितै उद्धार गरिएको छ । 





  • प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार १४:३१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया