पछिल्लो २४ घण्टामा नेपालमा एक सय १६ जना कोरोना संक्रमित थपिए

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा एक सय १६ जना कोरोना संक्रमित थपिएका छन् । यससंगै जम्मा संक्रमित १७ हजार ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३४ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यससँगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या १० हजार ३ सय २८ पुगेको मन्त्रालयले जनाएको छ । निको हुनेहरु ६० दशमलव पाँच तीन प्रतिशत हुन् ।

हाल २४ हजार ७ सय १६ जना क्वारेन्टिनमा बसेका छन् भने ६ हजार ६ सय ९५ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६१ जनाको मात्र पीसीआर परीक्षण भएको छ । अहिलेसम्म कोरोनाबाट ३८ जनाको मृत्यु भएको छ ।

हाल भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला गरी चार जिल्ला कोरोनामुक्त भएका छन् । 





  • प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार १६:४९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया