कोरियामा नेपाली श्रमिकको न्यूनतम ज्याला वृद्धि

काठमाडौं– दक्षिण कोरियामा काम गरिरहेका नेपाली श्रमिकको न्यूनतम ज्याला वृद्धि भएको छ । सन् २०२१ बाट लागू हुने गरी ज्याला निर्धारण समितिले कोरियामा श्रम गरिरहेका स्वदेशी तथा विदेशी मजदूरको ज्याला १३० कोरियन वन बढाएको हो । योसँगै नेपालीको पनि तलब बढेको हो ।

मजदूर सङ्घका प्रतिनिधि, उद्योग सङ्घका प्रतिनिधि तथा सरकारी कर्मचारीको पटक पटकको बैठकले प्रतिघन्टा १३० वन अर्थात् हालको ज्यालाअनुरुप १.५ प्रतिशत ज्याला वृद्धि गर्ने निर्णय गरेको हो । निर्णयानुसार सन् २०२१ देखि प्रतिघन्टा न्यूनतम ज्याला ८ हजार ७२० वन पुग्ने छ। अर्थात् अब कोरियामा रोजगारी गरिरहेका नेपालीको न्यूनतम ज्याला प्रतिघण्टा ८७० रुपैयाँ पुग्नेछ ।

महिनामा २०९ घण्टा श्रम पूरा गर्ने मजदूरको न्यूनतम तलब लगभग १ लाख ८० हजार रूपैयाँ अर्थात १८ लाख २२ हजार ४८० वन पुग्नेछ । सन् २०२० लागि २.९ प्रतिशत वृद्धि भएको तलब यस वर्ष भने कम वृद्धि भएको हो । कोरोना माहामारीका कारण कतिपय कम्पनी चल्न मुस्किल भएकाले पनि तलब वृद्धि कम भएकाे हुन सक्ने बताइएको छ ।

कोरिया जान पाउनुपर्ने माग गर्दै प्रदर्शन

दक्षिण कोरियामा रोजगारीका लागि जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेका युवायुवतीले जान पाउनुपर्ने माग गर्दै आज प्रदर्शन गरेका छन् ।

सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण उडान बन्द गरेपछि इपिएस पाससहित सम्पूर्ण प्रक्रिया पूरा गरी बसेका उनीहरुले उडान सञ्चालन गर्नुपर्ने माग गर्दै आज माइती घर मण्डलामा प्रदर्शन गरेका हुन् ।



कोभिड–१९ को जोखिम बढ्दै गएपछि सरकारले गत चैत ११ गतेदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै उडान बन्द गरेको छ । प्रदर्शनमा सहभागीले ‘कि रोजगारी दिनुपर्यो, कि कोरिया जान दिनुपर्यो’ र ‘कोरियाका लागि अन्तर्राष्ट्रिय उडान नियमित गरियोस्’ लेखिएका प्ले कार्ड बोकेका थिए ।



  • प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार २१:०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया