प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति राजनीतिक स्टन्टः गगन थापा

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामचन्द्रको जन्मभूमिबारे दिएको अभिव्यक्ति राजनीतिक स्टन्ट भएको नेपाली कांग्रेसका नेता गगन थापाले बताएका छन् । 

मंगलबार साँझ फेसबुकमा स्टाटस लेख्दै कांग्रेस नेता थापाले प्रधानमन्त्री अ‍ोलीले यस्तो अभिव्यक्ति नेकपाको आन्तरिक किचलोमा कुर्ची जोगाउन योजनाबद्ध ढंगले ल्याएको बताएका हुन् ।

यसले प्रधानमन्त्री ओली सत्ता स्वार्थका लागि जुनसुकै प्रपञ्च रच्न तयार भएको पनि उनले बताएका छन् । उनले नेकपाका नेताहरुलाई प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीबाट बिदा गर्न पनि सुझाव दिएका छन् । ‘ कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रमबाट न देश सुरक्षित छ न लोकतन्त्र१नेकपाका साथीहरू१राजनीतिक होइन भनेर नपन्छिनोस,अव खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नोस् ।’ उनले लेखेका छन् ।

 





  • प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार २३:२०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया