अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक आदेशलाई आफूले पारित गरेको बताएका छन् जसले हङकङलाई विशेष दर्जाको साथ दिइरहेको छ । हङकङबारे ट्रम्पको यो निर्णय चीनविरुद्ध नीतिका रुपमा हेरिएको छ । यसअघि बेलायतले पनि हङकङलाई विशेष साथ दिँदै चीनविरोधी नीतिलाई अख्तियार गरिसकेको छ ।
ह्वाइट हाउसमा पत्रकारहरुसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘अब हङकङसँग अमेरिका यस्तो व्यवहार गरिरहेको छ जस्तो यसअघि चीनसँग गरिरहेको थियो ।’
उनले यतिमात्र होइन, हङकङमा विभिन्न अधिकारलाई उल्लंघन गरेका चिनियाँ अधिकारीमाथि पनि प्रतिबन्ध लगाउने नयाँ अध्यादेश आफूले पारित गरेको बताएका छन् ।
यो सब हुनुको कारण चाहिँ चीनले हङकङमा नयाँ सुरक्षा कानुन लागु गर्नु हो । यही कारणले बेलायतले मात्र होइन, अमेरिकाले पनि हङकङकलाई दिँदै आएको विशेष दर्जालाई खारेज गर्ने र प्रतिबन्धहरु लगाउने नयाँ अध्यादेश पारित गरेका हुन् ।
‘अब कुनै विशेष दर्जा हुनेछैन,’ ट्रम्पले मंगलबारको पत्रकार सम्मेलनमा भनेका छन्, ‘अब त्यहाँबाट कुनै संवेदनशील प्रविधिको पनि कारोबार हुनेछैन ।’
बेलायती उपनिवेशमा रहेको हङकङलाई अमेरिकाले केही विशेष दर्जा र अधिकार दिँदै आएको थियो जुन चीनका लागि यसअघि र अहिलेसम्म उपलब्ध छैन ।
तर, केही दिनअघि मात्र लागु भएको सुरक्षा कानुनका कारण हङकङ अब स्वायत्त क्षेत्र नरहेको धेरैले अनुमान गरेका छन् । बेलायतले सन् १९८९ मा चीनलाई हङकङ दिएको थियो ।
उता, पत्रकारहरुसँग कुराकानी गर्दै ट्रम्पले अहिले तत्काल चिनियाँ राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गर्ने कुनै योजना नरहेको बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।