इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा तेस्रो स्थानको चेल्सीले अन्तिम स्थानको नर्विच सिटीमाथि १–० को कठिन जित हात पारेको छ ।
चेल्सीको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीलाई लागि जित दिलाउन ओलिभर जिरुडले गरेको एक मात्र गोल निर्णायक बनेको थियो ।
खेलको ४५ औं मिनेटमा क्रिश्चियन पुलिसिचको पासलाई सदुपयोग गरे जिरुडले गोलमा परिणत गरेका थिए । गएरातिको जितले चेल्सीलाई महत्वपूर्ण ३ अंक दिलाएको छ ।
जितसँगै चेल्सीले च्याम्पियन्स लिग सम्भावनालाई थप बलियो बनाएको छ । उसले च्याम्पियन्स लिग दौडमा रहेका लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडसँग ४ अंकको दूरी बनाएको छ । लेस्टर र युनाइटेडले भने एक खेल कम खेलेको छ ।
३६ खेलबाट चेल्सीको ६३ अंक हँुदा ३५ खेलबाट दुवै टोलीले समान ५९ अंक जोडेका छन् । पराजय बेहोरेको नर्विच ३६ खेलबाट मात्र २१ अंकका साथ लिगको अन्तिम स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।