कोरोनाविरुद्धको खोपको परीक्षणको नतिजा सकारात्मक भएको अमेरिकी दाबी

अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थले निर्माण गरेको कोरोनाभाइरस विरुद्धको खोपको शुरुवाती परीक्षणको नतिजा सकारात्मक आएको बताइएको छ । अमेरिकी कम्पनी मोडर्नासँगको सहकार्यमा उक्त खोप तयार भएको हो ।

यो खोपको जसरी काम गर्छ भनेर शुरुमा अपेक्षा गरिएको सोही अनुसार नै यसले परीक्षणको क्रममा काम गरेको वैज्ञानिकहरुले बताएका छन् ।

अमेरिकी वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीका अनुसार खोपको अन्तिम तथा महत्वपूर्ण परीक्षण हुन भने बाँकी छ । 
अब यसको महत्वपूर्ण परीक्षण जुलाई २७ मा शुरु हुने अनुमान गरिएको छ ।

‘पहिलो चरणमा ३० हजार मानिसहरुमा खोप परीक्षण गरिनेछ’, पत्रकार सम्मेलनमा उनले भने, ‘परीक्षणका क्रममा यो खोप वास्तवमा नै प्रभावकारी र सुरक्षित छ भन्ने कुरा सुनिश्चित गरिनेछ ।’


 





  • प्रकाशित मिति : असार ३१, २०७७ बुधबार १४:४१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया