बेलायतमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ४५ हजारभन्दा बढी

गत वर्ष डिसेम्बरको अन्त्यमा चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरसका कारण अहिले सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकामा कोरोनाभाइरस संक्रमित र कोरानका कारण मृत्यु हुनेको संख्या विश्वमै सबैभन्दा बढी छ । अमेरिकापछि प्रभावित देशको सूचीमा छ, ब्राजिल । 

उता, युरोपमा सबैभन्दा बढी कोरोनाबाट प्रभावित देश बनेको छ, बेलायत । बेलायतमा अब २ लाख ९० हजार भन्दा बढी मानिसमा कोरोनाभाइरस संक्रमण देखिएको छ । 

बुधबार आएको तथ्यांकअनुसार बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ हजारभन्दा बढी कटेको छ । बेलायती अधिकारीहरुले पछिल्लो समय संक्रमित र मृतकको संख्या घट्दै गएको भए पनि फेरि यो बढ्न सक्ने सम्भावना उत्तिकै रहेको बताएका छन् ।





  • प्रकाशित मिति : असार ३१, २०७७ बुधबार २३:१३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया